समाचार

जुवातास खेलिरहेका १७ जना पक्राउ

२९ माघ २०८०, सोमबार ०८:२५
जुवातास खेलिरहेका १७ जना पक्राउ

२९ माघ, काठमाडौँ। काठमाडौँका विभिन्न स्थानबाट जुवातास खेलिरहेका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू शंखरापुर र चन्द्रागिरिबाट पक्राउ परेका हुन् ।

शंखरापुर नगरपालिका–७, साँखुस्थित बज्रयोगिनी वर्कसप एन्ड रिकन्डिसनमा जुवातास खेलिरहेको अवस्थामा नौजना पक्राउ परेका छन् । शंखरापुर–१, नाङलेभारेका ३७ वर्षीय प्रकाश लामिछानेसहित नौजना पक्राउ परेका हुन् ।

प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यसैगरी चन्द्रागिरि नगरपालिका- ८ कञ्चन बस्तीस्थित रिङ कारखानामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ७५ वर्षीय केपी गुरुङ समेत ८ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ८ सय ३० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्