खेलकुद

नेपालले पहिलो विकेट गुमायो

२९ माघ २०८०, सोमबार ०८:१३
नेपालले पहिलो विकेट गुमायो

२९ माघ, काठमाडौँ। क्यानाडाविरुद्धको अन्तिम एकदिवसीय खेलमा नेपालले धमाकेदार सुरुवात गरेको छ । ५ ओभरको समाप्तिमा नेपालले १ विकेटको क्षतिमा ४५ रन बनाएको हो ।

कुशल भुर्तेल १३ रन बनाएर डिलोन हेलिगरको बलमा बोल्ड भए । अर्का ओपनर अनिल साहले १५ बलमा २५ रन बनाएर खेलिरहेका छन् । उनले ५ चौका हिर्काएका छन् । क्यानडाले नेपालसामु २ सय ३३ रनको लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्