खेलकुद

क्यानाडाले दियो नेपाललाई २३३ रनको लक्ष्य

२९ माघ २०८०, सोमबार ०८:१०
क्यानाडाले दियो नेपाललाई २३३ रनको लक्ष्य

२९ माघ, काठमाडौँ। एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा पाहुना टोली क्यानाडाले नेपाललाई २ सय ३३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानाडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन जोड्यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानाडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन जोड्यो ।क्यानाडाका लागि नवनित धलिवालले ५० रन, निखिल दत्तले ४५ रन, कप्तान साद बिन जाफरले ३१, हर्श ठाकरले २९ तथा श्रिमान्था विजेयेरत्नेले २२ रन बनाए ।

नेपालका लागि हेमन्त धामीले ३ विकेट, कुशल मल्लले २ तथा ललित राजवंशी र आकाश चन्दले १-१ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्