समाचार

नेपाललाई एक खेल अगावै क्यानडाविरुद्धको सिरिज जित्ने अवसर

२७ माघ २०८०, शनिबार ०३:१०
नेपाललाई एक खेल अगावै क्यानडाविरुद्धको सिरिज जित्ने अवसर

२६ माघ, काठमाडौं। क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत आज दोस्रो खेल हुँदैछ। खेल नेपाली समयअनुसार विहान सवा ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

उक्त खेल बिहान ९ः१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने छ । यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक जित हासिल गरेको थियो ।

नेपाल उक्त खेलमा सात रनले विजयी भएको थियो । सो खेलमा नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय २४ रन बनाएको थियो । दुई सय २५ रनको लक्ष्य पछ्याउने क्रममा क्यानडाले ४७ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर दुई सय १७ रन बनाएको थियो । उक्त खेलमा कप्तान रोहितकुमार पौडेलले चार विकेट लिनुभएको थियो ।

पहिलो खेलमा जित निकालेको नेपाललाई दोस्रो खेल जित्दै सिरिज जित्ने अवसर छ । बिहीबार भएको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको थियो ।

आजको खेलमा जित हासिल गरेमा एक खेल अगावै क्यानडाविरुद्धको ३ खेलको एक दिवसीय सिरिज नेपालले जित्नेछ । यो खेल क्यानडाले जितेमा अन्तिम खेलले सिरिजको टुंगो लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्