समाचार

नेपाल प्रहरीका १६ एसएसपीको काज सरुवा (सूचीसहित)

२६ माघ २०८०, शुक्रबार १५:५७
नेपाल प्रहरीका १६ एसएसपीको काज सरुवा (सूचीसहित)

२६ माघ, काठमाडौं। नेपाल प्रहरीले १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरूवा गरेको छ।

उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै जनपद प्रहरी समूहतर्फका एसएसपीको काज सरुवा गरेका हुन् ।

सरुवा सूची अनुसार मानव बेचविखन अनुसन्धान व्यूरोका प्रमुख फेरिएका छन् । ब्यूरोको प्रमुखको जिम्मेवारीमा रहेका एसएसपी जिवनकुमार श्रेष्ठको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सरुवा भएको छ भने काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा प्रमुख रहेका ओमबहादुर रानालाई व्यूरको प्रमुखको जिम्मेवारी दिइएको छ ।

यस्तै एसएसपी ईश्वर कार्कीलाई मधेश प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा जनकपुरमा सरूवा गरिएको छ ।

ओमबहादुर रानालाई मानव बेचविखन अनुसन्धान ब्‍यूरो काठमाडदंमा, कृष्णबहादुर पल्ली मगरलाई सुदूर पश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपालयमा, कृष्णहरि शर्मा पोखरेललाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालय काठमाडौं र गणेश चन्दलाई नेपाल प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखा नक्शालमा सरूवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्