समाचार

दिल्लीमा स्कुल, कलेज र सिनेमा हल बन्द

१३ पुष २०७८, मंगलवार १५:३५
दिल्लीमा स्कुल, कलेज र सिनेमा हल बन्द

नयाँ दिल्ली।  कोरोना संक्रमण बढेपछि दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले मंगलबारदेखि स्कुल, कलेज, सिनेमा हल र जिमहरू तत्काल बन्द गर्न आदेश दिएको छ। साथै ‘येलो अलर्ट’ घोषणा गरिएको छ।

दिल्ली विपद् व्यवस्थापन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै स्कुल, कलेज, सिनेमा घर, जिम, स्पा बन्द गरेको छ । त्यस्तै रात्रिकालीन कर्फ्युको समय पनि एक घण्टा बढाइएको छ । अब राति १० देखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका काममा हिँड्डुलमा रोक लगाइएको छ ।

त्यस्तै, विवाह र अन्त्येष्टिमा २० जनाको सहभागिता मात्रै राख्न भनिएको छ । त्यसबाहेक सामाजिक, राजनीतिक, सांस्कृतिक, धार्मिक र चाड पर्वको आयोजनाका नाममा गरिने जमघटमा प्रतिबन्ध लगाइएको छ । निजी क्षेत्रका कार्यालयमा ५० प्रतिशत कर्मचारी राखेर मात्रै काम गराउन निर्देश गरिएको छ । त्यस्तै, धार्मिक स्थलमा बाहिरी व्यक्तिको आवतजावतमा रोक हुनेछ ।

विवाह र अन्त्येष्टि कार्यक्रममा २० जना मात्र सहभागी हुन पाउनेछन्। यो बाहेकका अन्य सबै सामाजिक, राजनीतिक, सांस्कृतिक, धार्मिक जमघट र उत्सव मनाउन प्रतिबन्ध लगाइनेछ।

मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार दिल्लीवासीलाई गरेको सम्बोधनमा संक्रमणको गति बढ्दै गए पनि त्यसलाई लिएर नआत्तिन आग्रह गरेका छन् ।

लगातार दुई दिनसम्म संक्रमण दर ०.५ प्रतिशतभन्दा बढी रहेमा ‘येलो अलर्ट’ जारी गरिन्छ। दिल्लीमा सोमबार ३३१ जना नयाँ संक्रमित भएका थिए। यो संख्या गत जुन ९ तारिखपछिको एक दिनको सबैभन्दा धेरै संख्या हो।

प्रतिक्रिया दिनुहोस्