भिडियो

सनम कठायतको नयाँ गीत “तिमी त दुश्मन” सार्वजनिक

२६ माघ २०८०, शुक्रबार १०:२३
सनम कठायतको नयाँ गीत “तिमी त दुश्मन” सार्वजनिक

काठमाडौं। चर्चित मोडेल सनम कठायत र अनिता गिरिको नयाँ म्युजिक भिडियो “तिमी त दुश्मन” आज  शुक्रबार एभरेस्ट ग्यालरीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।

प्रेम संगमको शब्द रहेको गीतमा राजकुमार बगरले संगीत भरेका छन् भने चर्चित गायिका समीक्षा अधिकारीको स्वर रहेको छ ।

उक्त म्युजिक भिडियोमा चर्चित मोडेल सनम कठायत, अनिता गिरि र सपना छेत्रीको अभिनय रहेको छ। भिडियो माया प्रेम कथामा आधारित रहेको छ ।

दिपक गिरिद्वारा छायांकन भएको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् । भिडियोलाई जनक सिंहले निर्देशन गरेका छन् ।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया दिनुहोस्