समाचार

नुवाकोटमा गाडीसहित अपहरण र बन्धक, दुईजना पक्राउ

२५ माघ २०८०, बिहीबार १६:०८
नुवाकोटमा गाडीसहित अपहरण र बन्धक, दुईजना पक्राउ

२५ माघ, काठमाडौंनुवाकोटमा व्यक्तिको अपहरण गरी बन्धक बनाएको आरोपमा गएको मंगलबार प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ककनी गाउँपालिका–४ का ३० वर्षीय राजकुमार तामाङ र शिवपुरी गाउँपालिका–८ का २४ वर्षीय चन्द्रबहादुर तामाङ छन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार ककनी गाउँपालिका वडा नं. ४ रानीपौवाका सुर्यबहादुर तामाङलाई अपहरण गरेको आरोपमा ककनी र शिवपुरीका दुई युवा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ककनी गाउँपालिका वडा नं. ४ का ३० वर्षिय राजकुमार तामाङ र शिवपुरी गाउँपालिका वडा नं. ८ का २४ वर्षिय रामचन्द्र तामाङ रहेका छन् । उनीहरुले माघ २२ गते राती १० बजेको समयमा पीडित तामाङसहितको निजी सवारी साधन अपहरण गरी ज्यान मार्ने धम्की दिई फिरौती रकम माग गरेको नुवाकोट प्रहरीले जनाएको छ ।

लाई विरामी बोक्नको लागि भन्दै पीडित तामाङले प्रयोग गर्दै आएको वा ६ ज ७७७९ नम्वरको सुजुकीअल्टो गाडी रोकी दुई अपरिचित व्यक्तिले गाडीसहित तामाङलाई जिल्लाको पञ्चकन्या गाउँपालिकामा पु¥याएर ठूलो रकम फिरौती माग गरेको प्रहरीले जनाएको छ ।

माग गरेको रकम मध्ये पीडित सुर्यबहादुरले ७ लाख रुपैयाँ दिने सहमति गरेकोमा रकम लिन नुवाकोट आउन लागेका दुई युवालाई काठमाडौं प्रहहीको सहयोगमा माछापोखरीबाट उनी समातिएको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । प्रहरीले सोही दिन माघ २३ गते सुर्यबहादुर तामाङलाई पनि अपहरणमुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्