समाचार

दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

२५ माघ २०८०, बिहीबार १६:००
दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

२५ माघ, काठमाडौंदुबई पठाउने नाममा ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको खैरहनी नगरपालिका–१३ की ३९ वर्षीया शान्ति गुरुङ रहेकी छन् । उनी हाल ललितपुरको गोदावरीस्थित चापागाँउ बस्दै आएकी थिइन् ।

गुरुङले सन्तोषी कुमारी थापासमेत पाँच जनालाई वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै प्रतिव्यक्ति ३ लाख रुपैयाँ लाग्छ र दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा प्याकिङ काम लगाइदिन्छु जहाँ मासिक ७० हजार रुपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी ५ लाख रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गुरुङको खोजतलास गर्ने क्रममा बुधबार ललितपुर गोदावरी नगरपालिका चापागाँउबाट पक्राउ गरेको हो।

तर, उनी पीडितहरूबाट पटकपटक पाँच लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । गुरुङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार गोदावरीबाट पक्राउ गरेको हो । ‍थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्