समाचार

सहिद स्मारक जनस्वास्थ्य सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा सम्पन्न

२४ माघ २०८०, बुधबार १५:४५
सहिद स्मारक जनस्वास्थ्य सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा सम्पन्न

२४ माघ, काठमाडौंसहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडले १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष सोमनाथ अधिकारी ‘प्यासी’ को अध्यक्षतामा सम्पन्न साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझाव सहित पारित गरेको छ ।

सभामा अध्यक्ष सोमनाथ अधिकारीले अस्पतालले दिने सेवालाई आगामि दिनमा विस्तार र स्तरोन्नति गरिने बताए । अस्पतालमा प्याथोलोजी र मृगौला डाइलासिस सेवाको योजना रहेको उनले बताए । सहिदको सम्मानित नाममा संचालित यस सहकारीले सहकारी क्षेत्रमा देखिएका केहि विकृति, विसङ्गतीहरु हटाउदै समाज, राष्ट्र र शेयर सदस्यहरुप्रती उत्तरदायी रूपमा कार्य गर्ने प्रतिबद्धता उनले जनाए ।

अहिलेको आर्थिक मन्दी र विद्यमान सहकारी ऐन, नियम स्वास्थ्य सहकारी मैत्री नरहेको परिस्थितिमा काम गर्न सजिलो नभए पनि अप्ठ्यारा सङ्ग जुधेर काम गर्न तयार रहेको उनले बताए । आ व २०७९र८० असार मसान्तसम्ममा सहकारीमा शेयर पूँजी ३ करोड २ लाख ६ सय र सदस्य संख्या ४ सय ३ जना रहेको छ ।

सामाजिक सेवा भावले स्थापित यस स्वास्थ्य सहकारीले हाल १०० शैयाको आधुनिक र सुविधा सम्पन्न सहिद मेमोरियल अस्पताल (कलंकी) र सहिद स्मारक जनस्वास्थ्य कलेज (सिफल) बाट स्वास्थ्य सम्बन्धि विभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेको छ। संस्थाले वार्षिक रूपमा देशका विभिन्न ठाँउमा निस्शुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ।

साधारणसभाले समिक्षा आ.व. को वासलात, लेखा र सुपरिवेक्षण प्रतिवेदन, नाफानोक्सान हिसाब, नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन समेत पारित गरेको छ ।

कार्यक्रममा संस्थामा दिएको योगदानको कदरस्वरुप अस्पताल व्यवस्थापन समितिका सदस्यसचिव डा. दिपक श्रेष्ठ लगायत अस्पताल र सहकारीका कर्मचारीहरुलाई सम्मान र पुरस्कार पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्