समाचार

नापी कार्यालयका सर्भेक्षक र लेखापढी व्यवसायी १ लाख घुससहित रंगेहात पक्राउ

२४ माघ २०८०, बुधबार १५:१६
नापी कार्यालयका सर्भेक्षक र लेखापढी व्यवसायी १ लाख घुससहित रंगेहात पक्राउ

२४ माघ, काठमाडौंनापी कार्यालय, कलंकीका सर्भेक्षक र लेखापढी व्यवसायी एक लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी व्यवसायी नेत्रमणि पोखरेललाई बुधवार नापी कार्यालयबाटै पक्राउ गरेको हो ।

चौलागाईंको साथबाट ४५ हजार र पोखरेलबाट ५५ हजार घुस बरामद भएको अख्तियारले जनाएको छ । जग्गा हालसाबिक र कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने भनेर उनीहरूले सेवाग्राहीसँग घुस लिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्