समाचार

मित्रमिलन प्रकरणमा पक्राउ परेका विष्णुप्रसाद ७ लाख धरौटीमा छुटे

२४ माघ २०८०, बुधबार १५:११
मित्रमिलन प्रकरणमा पक्राउ परेका विष्णुप्रसाद ७ लाख धरौटीमा छुटे

२४ माघ, पोखरापोखराको मित्रमिलन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका विष्णुप्रसाद भण्डारी धरौटीमा छुटेका छन्।

जिल्ला अदालत कास्कीका न्यायाधीश रामचन्द्र शर्माको इजलासले उनलाई ७ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । भण्डारी सोमबार पक्राउ परेका थिए ।

उनलाई मंगलबार अदालतमा उपस्थित गराइएको थियो । थुनछेक बहसपछि उनलाई धरौटीमा छोड्ने आदेश आएको श्रेस्तेदार रुद्रप्रसाद अर्यालले जानकारी दिए । उनले सहकारीका सञ्चालक समितिसँग मिलेर रकम दुरुपयोग गरेको आरोप थियो ।

सहकारीमा सम्बद्ध ६ जना थुनामा छन् भने २ जना रिहा भएका छन् । भण्डारीसँगै लेखा समिति संयोजक सूर्य अधिकारीलाई पनि धरौटीमा रिहा गरिएको छ । अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारी, सहकारी सञ्चालक समिति सदस्य गोपाल खनाल, शेयर सदस्य राजु बराल र बुद्धिसागर पौडेल थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस्