समाचार

के तपाईं नङ टोक्नु हुन्छ ? होसियार ! गम्भीर बिरामीको संकेत हो

१३ पुष २०७८, मंगलवार १५:१२
के तपाईं नङ टोक्नु हुन्छ ? होसियार ! गम्भीर बिरामीको संकेत हो

काठमाडौं। कतिपयको बानी हुन्छ, नङ टोक्ने । फुर्सद पाउनसाथ उनीहरु नङ टोक्न थाल्छन् । जबकी आफुले नङ टोकिरहेको उनीहरुलाई भेउ हुँदैन ।

नङ चपाउनु गलत भएको भनी बच्चाहरूलाई बताउँदा पनि केहीले छोड्दैनन् र पछि ठूलो हुँदासम्म चपाउने बानी बस्छ । नङ चपाउनुले मानसिक तनाव र अब्सेसिभ कम्पल्सिभ डिसअर्डरको संकेत दिन्छ । मनोवैज्ञानिकहरूले नङ टोक्नु गम्भीर बिरामीको संकेत भएको बताएका छन् । अनि टोक्दा नङको मूल आकार पनि बिग्रन्छ ।

मनोवैज्ञानिकहरूका अनुसार, मानिसहरू चिन्तित वा बोर हुँदा अनायासै नङलाई दाँतमुनि पार्छन् । यो एक प्रवृत्ति मात्र हो । नङ टोक्ने बानी सामान्य लाग्न सक्छ । तर, यसले स्वास्थ्यमा निकै नराम्रो असर पुर्‍याउँछ । के पनि भनिन्छ भने, नङ टोक्नु भनेको तनावग्रस्त हुनुको संकेत हो । तर हामी हाम्रो नङ टोक्ने बानीबाट हामी सजिलै छुट्कारा पाउन सक्दैनौं ।

खासमा नङ चपाउनु व्यक्तित्वको अस्थिरताको संकेत हो । कुनै जटिल समस्याको समाधान निकाल्न नसक्दा मानिसहरू रनभुल्लमा परेर नङ चपाउँछन् । यसो गरेर उनीहरू आफ्नो रिस उतार्छन् । नङ चपाउने मानिसहरू अतिवादको शिकार हुन्छन् । अत्यधिक महत्त्वाकांक्षा भएका वा आफूलाई बेकामे ठान्ने मानिसले नङ चपाउँछन् । तर ९० प्रतिशत नङ चपौवाहरू हीन भावना पाल्ने नै हुन्छन् ।

दाँतलाई पनि हानी पुर्‍याउँछ

नङ चपाउनाले दाँतमा एकदम नराम्रो असर पर्छ । नङबाट निस्कने फोहोरले तपाईंको दाँतलाई कमजोर बनाउन थाल्छ । एउटा सर्वेक्षण अनुसार धेरै नङ टोक्ने मानिसहरुलाई धेरै तनाव हुन्छ । जुन व्यक्तिमा नङ  टोक्ने बानी छ, त्यो व्यक्तिलाई तनाव छ भन्ने संकेत प्राप्त हुन्छ । नङ  टोक्दा नङमा समावेश भएका फोहोरहरु दाँतसम्म पुगिरहेको हुन्छ, जसले दाँत कमजोर हुन थाल्छ ।

छालामा घाउ हुन सक्छ

बारम्बार नङ टोक्ने मानिसहरु डर्मेटोफेजिया नामक रोगको शिकार हुन सक्छन् । यो रोग लागे पछि छालामा घाउ हुन थाल्छ । घाउ बढ्दै गयो भने त्यसको इन्फेसनले नसामा पनि हानी पुर्‍याउँन सक्छ ।

क्यान्सरको पनि खतरा हुन्छ

सधै नङ टोक्नाले अन्द्राको क्यान्सर हुन्छ । वास्तवमा नङ टोक्दा नङमा समावेश ब्याक्टेरिया हाम्रो आन्द्रासम्म पुग्छ र क्यान्सर जस्तो घातक रोग पनि लाग्न सक्छ ।

स्किन इन्फेक्सन हुन सक्छ

नङ टोक्नाले नङ वरपरका छालाको कोशिकाहरुलाई पनि हामी पुग्छ । यस्तो अवस्थामा पेरोनिसियाबाट पीडित हुने पनि खतरा हुन्छ । यो एउटा स्किन इन्फेक्सन हो, जुन नङको वरपरको छालामा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्