समाचार

साेलुखुम्बु : चुरोटको ठुटोबाट सल्किएको आगोले जलेर घर नष्ट

२३ माघ २०८०, मंगलवार १५:४२
साेलुखुम्बु : चुरोटको ठुटोबाट सल्किएको आगोले जलेर घर नष्ट

२३ माघ, सोलुखुम्बु। सोलुखुम्बुको सोताङ गाउँपालिका–५ शिवटार बजारमा चुरोटको ठुटाबाट सल्किएको आगोले घर जलेर नष्ट भएको छ ।

सोमबार राति अज्ञात व्यक्तिले फालेको चुरोटको ठुटाबाट सल्किएको आगोले खड्गबहादुर राईको घर जलेर नष्ट भएको हो ।  कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनिल मिश्रका अनुसार चुरोटको ठुटो भुइँमा पोखिएको पेट्रोलमा पर्दा आगलागी भएको हो । ढुङ्गा माटोले बनेको र टिनको छानो भएको दुई तले घर जलेर नष्ट हुँदा तीन लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको इन्स्पेक्टर मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्