समाचार

पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय

२३ माघ २०८०, मंगलवार ०८:१६
पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय

२३ माघ, काठमाडौँ।  नेपाली कांग्रेसले केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ।

कांग्रेस केन्द्रीय समितिको मंगलबार बसेको आकस्मिक बैठकले माघ २३, २४ र २५ गते केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा झन्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय समेत गरेको छ। पूर्व सामान्य प्रशासन मन्त्री बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा माघ २२ गते निधन भएको थियो।

बैठकले पूर्वमन्त्री बुढाथोकीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ। बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा गए राति निधन भएको थियो।

१३औं दिनमा जिल्ला झापामा शोक सभाको आयोजना गर्ने र  केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय भएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्