समाचार

कमजोर प्रश्न लोकतन्त्रका लागि घातक हुन्छ: रवि लामिछाने

२३ माघ २०८०, मंगलवार ०८:०६
कमजोर प्रश्न लोकतन्त्रका लागि घातक हुन्छ: रवि लामिछाने

२३ माघ, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कमजोर प्रश्न लोकतन्त्रका लागि घातक हुने बताएका छन्।

फत सञ्चार क्लबको १४ औं वार्षिकोत्सवका अवसरमा मंगलबार भक्तपुरमा आयोजित कार्यक्रममा सभापति लामिछानेले देशमा कयौं नेता र दलहरूको जन्म भएपनि आफूहरूको ध्यान भने लोकतन्त्रको रक्षा र संरक्षणमा केन्द्रित रहेको बताएका हुन् । जुनसुकै परिस्थिति आएपनि मुलुकको लोकतन्त्रको हरण नहोस् भनेर काम अघि बढाउने उनले बताए । 

‘लोकतन्त्रको पहरेदार पत्रकारितालाई दलले आफ्नो सामिप्यमा राखेर, आफ्नो नजिक राखेर, आफ्नो तातो बाँडेर उसले हामीलाई प्रश्न गर्नै सक्दैन,’ रफत सञ्चार क्लबले मंगलबार गरेको साक्षात्कारमा लामिछानेले भने, ‘कमजोर प्रश्न लोकतन्त्रका लागि घातक हुन्छ, अत्यन्तै घातक हुन्छ।’

केही समय पत्रकारिता गर्दा आम जनजीविकाका कुरालाई प्राथमिकता दिएको उनले बताए। उनले आफ्ना बारेमा उठेका बिभिन्न प्रश्नहरूको सामना गर्न आफू तयार रहेको र आफुप्रतिको आरोप र लान्छानाप्रति आक्रोशित नभएको बरु यसले आफूलाई प्रष्ट पार्ने मौका पाएको जिकिर गरे । राजनीतिको सेवा र पत्रकारिताको सेवा एकैपटक सम्भव नहुने भन्दै पत्रकारितालाई राजनीतिबाट पर राख्न उनले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्