समाचार

सदनमा प्रभावकारी भूमिका खेल्न पार्टीका सांसदलाई अध्यक्ष प्रचण्डको निर्देशन

२३ माघ २०८०, मंगलवार ०७:४९
सदनमा प्रभावकारी भूमिका खेल्न पार्टीका सांसदलाई अध्यक्ष प्रचण्डको निर्देशन

२३ माघ, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सभा अध्यक्षमा नेकपा (माओवादी केन्द्र) ले दाबी गर्ने बताएका छन्।

तर, माओवादी केन्द्र सत्ता गठबन्धनभित्र हुने सहमतिअनुसार नै अघि बढ्ने उनको भनाइ छ । मंगलबारको संसदीय दलको बैठकमा उनले गठबन्धनमा हुने निर्णयानुसार नै अघि बढ्ने जानकारी गराएका हुन् । माओवादीको संसदीय दलको बैठक सोमबार पनि बसेको थियो ।

राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा कांग्रेसले आफूहरुलाई धोका दिएको भन्दै माओवादी केन्द्रका नेताहरु रुष्ट छन् । आजको दलको बैठकमा अधिकांश सांसदहरुले राष्ट्रियसभाको अध्यक्ष कुनैपनि हालतमा नछाड्न नेतृत्वसमक्ष दबाब दिएका छन् ।

माघ ११ गतेको निर्वाचनपछि राष्ट्रिय सभामा माओवादी ठूलो दल बनेको छ । उसका १७ सांसद छन् । राष्ट्रियसभाको निर्वाचनलगत्तै अहिलेको सत्ता गठबन्धन नै भत्किन सक्ने चर्चा भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्