समाचार

लुम्बिनीः फागुन १८ गतेका लागि प्रदेश सभा बैठक आह्वान

२२ माघ २०८०, सोमबार १३:३३
लुम्बिनीः फागुन १८ गतेका लागि प्रदेश सभा बैठक आह्वान

२२ माघ, काठमाडौं। लुम्बिनी प्रदेश सभाको बैठक आगामी फागुन १८ गते शुक्रवार बस्ने गरी आव्हान गरिएको छ ।

संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) अनुसार मन्त्रीपरिषदको निणर्य सहित मुख्यमन्त्रीबाट प्रदेश प्रमुखलाई गरिएको सिफारिस अनुसार प्रदेश प्रमुख अमिक शेरचनले बैठक आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख अमिक शेरचनले यही फागुन १८ गते शुक्रवार दिउँसो ३ बजेका लागि दोश्रो प्रदेश सभाको तेश्रो अधिवेशन आव्हान गर्नुभएको हो ।लुम्बिनी प्रदेश सरकार मन्त्रीपरिषदले सो बैठक आव्हानका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्