समाचार

सवारी दुर्घटनासम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव संसद्‌मा दर्ता

२२ माघ २०८०, सोमबार १३:२८
सवारी दुर्घटनासम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव संसद्‌मा दर्ता

२२ माघ, काठमाडौं।राष्ट्रियसभामा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । सांसद दिलकुमारी रावल थापाले सार्वजनिक महत्वको प्रस्ताव पेश गरेकी हुन्।

सांसद थापाले सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने र दुर्घटनामा परी  ज्यान  गुमाउनेको परिवारलाई उचित क्षतिपूर्ति,घाइतेको उद्दार तथा उपचार,अपांगता भएका नागरिकलाई उचित प्रबन्ध तथा मर्यादित श्रमको प्रवर्द्धनका लागि चालक  एवं सहचालकका लागि परामर्श केन्द्र र गुनासो सुनुवाइ गर्ने निकायको व्यवस्था साथै आम नागरिकबीच सडकको सही प्रयोगबारे चेतना अभिवृद्धि अभियानलगायत विषयमा तत्काल कदम चाल्न आवश्यक देखिएकाले  जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको बताइन्।

उनीहरूले प्रस्तावमा सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने र दुर्घटनामा परी ज्यान गुमाउनेको परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको उद्धार तथा उपचार, अपांगता भएका नागरिकलाई उचित प्रबन्ध तथा मर्यादित श्रमको प्रवर्धनको विषय समावेश गरेका छन् ।

काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले सवारी दुर्घटनालाई न्यूनीकरण गर्नुपर्ने भन्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् ।

सोमबार दर्ता गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा राष्ट्रियसभा सदस्यहरूले नेपालको संविधानमै मौलिक हकमा सम्मानपूर्वक बाँच्न पाउने र आधारभूत स्वास्थ्यको हक सुनिश्चित गरिएको उल्लेख गरेका छन् ।

उनीहरूले प्रस्तावमा सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने र दुर्घटनामा परी ज्यान गुमाउनेको परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको उद्धार तथा उपचार, अपांगता भएका नागरिकलाई उचित प्रबन्ध तथा मर्यादित श्रमको प्रवर्धनको विषय समावेश गरेका छन् ।

प्रस्तावमा चालक एवं सहचालकका लागि परामर्श केन्द्र र गुनासो सुनुवाइ गर्ने निकायको व्यवस्था गर्नुपर्ने उल्लेख छ । आमनागरिकबीच सडकको सही प्रयोगकाबारे चेतना अभिवृद्धि अभियानलगायत विषयमा तत्काल कदम चाल्न आवश्यक देखिएकाले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरिएको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्