समाचार

सुध्रियो चिकित्सक लाइसेन्स परीक्षाको नतिजा, ५६ प्रतिशत उत्तीर्ण

२२ माघ २०८०, सोमबार १३:२२
सुध्रियो चिकित्सक लाइसेन्स परीक्षाको नतिजा, ५६ प्रतिशत उत्तीर्ण

२२ माघ, काठमाडौं। नेपाल मेडिकल काउन्सिलले ६८ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको नतिजा सार्वजनिक  गरेको छ। नतिजाअनुसार  ५६ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन्।

काउन्सिलले यही माघ १६ देखि १९ गतेसम्म सञ्चालन गरेको ६८ औँ लाइसेन्स परीक्षामा ५६.६८ प्रतिशत चिकित्सक उतीर्ण भएका छन् ।मेडिकलतर्फ ५५.९६ र डेन्टलतर्फ ६१.०५ गरी समग्रमा ५६.६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।

काउन्सिलका अनुसार लाइसेन्स परीक्षमा मेडिकलतर्फ १७३७ र डेन्टलतर्फ २८५ जम्मा २०२२ जना परीक्षार्थीहरू सहभागी भएकोमा मेडिकलतर्फ (९७२ ५५.९६)प्रतिशत र डेन्टलतर्फ (१७४ ६१.०५) परीक्षार्थी उत्तिर्ण भएका हुन्।

यसअघि २०८० असोज १० देखि १२ गतेसम्म सञ्चालन गरेको ६७ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ४६ प्रतिशत मात्रै परीक्षार्थी उत्तिर्ण भएका थिए। परीक्षाको नतिजा चित्त नबुझेमा  सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र पुनर्योगका लागि  आवेदन दिनसकिने काउन्सिलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्