समाचार

बलात्कार आरोपमा दुईजना पक्राउ

२२ माघ २०८०, सोमबार ०८:२७
बलात्कार आरोपमा दुईजना पक्राउ

२२ माघ, दाङ। दाङमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

 आइतबार (हिजो) दिउँसो प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा तुलसीपुर नगरपालिका–१२, हरिपौराका २१ वर्षीय अशोक चौधरीसहित दुईजना छन् । शनिबार राति तुलसीपुर–११, गैरागाउँस्थित नर्सरीमा लगेर ती किशोरीको बलात्कार गरेको उनीहरूमाथि आरोप छ ।

बलात्कारको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्