समाचार

जनप्रतिनिधिले आफ्नै कार्यालयमा किन तालाबन्दी ?

२१ माघ २०८०, आईतवार ०९:३७
जनप्रतिनिधिले आफ्नै कार्यालयमा किन तालाबन्दी ?

२१ माघ, काठमाडौँ।जनप्रतिनिधिहरूले नगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

मिथिला बिहारी नगरपालिकाले गत १० वैशाखमा करार कर्मचारी भर्नाको विज्ञापन गरिएको तर अहिलेसम्म नतिजा प्रकाश नगरि नगर प्रमुख राजेन्द्रप्रसाद यादवले आलटाल गरेको आरोप जनप्रतिनिधिहरुको छ ।

करार कर्मचारीहरुको नतिजा प्रकाश नभएको कारणले नगरपालिकाको एम्बुलेन्स, जेसिबि , लगायत अन्य सवारी साधनहरु कवारमा परिनत भैइ रहेको वडा नम्बर ८ वडा अध्यक्ष जिवछ यादवले जानकारी गराएका छ्न् ।

१० वटा वडा रहेको मिथिला बिहारी नगरपालिका वडा कार्यालयहरुमा कार्यालय सहयोग नभएको कारणले काम गर्न एकदम कठिनाइ भएको वडा नम्बर ९ वडा अध्यक्ष बिन्देशवर यादवले भने, नगर प्रमुखलाई धेरै पटक आग्रह गर्दा सुनेन बाध्य भएर तालाबन्दी गरेका छौँ ।

प्रतिक्रिया दिनुहोस्