समाचार

ठमेलमा चिनियाँ नागरिक मृत फेला

२१ माघ २०८०, आईतवार ०९:१९
ठमेलमा चिनियाँ नागरिक मृत फेला

२१ माघ, काठमाडौँ। काठमाडौँको ठमेलमा एक जना चिनियाँ नागरिक मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँ–१७, ठमेल क्वाबहालस्थित नेपालय होम होस्टलमा चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङलाई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

 प्रहरी वृत्त सोह्रखट्टेका डीएसपी सत्यनारायण थापाले एक जना चिनियाँ नागरिक मृत फेला परेको जानकारी दिए ।  उनका अनुसार नेपालय होम होस्टलमा चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङ शनिबार मृत भेटिएका हुन् । उनको कोठमा केही औषधिका खोस्टासमेत भेटिएको उनले बताए ।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । पोस्टमार्टम रिपोर्टमा केही शंकास्पद देखिए अनुसन्धान गरिने डीएसपी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्