१३ पुस, काठमाडौं । काठमाडौंबाट रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ।
चार थान रेडपाण्डाको छाला सहित दुईजना प्रहरी कार्यालय सहयोगी र एकजना सेनाका हवल्दारलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । काठमाडौँको गोङ्गबुबाट रेड पाण्डाको छाला बेच्दै लागेको अवस्थामा ४ जनालाई पक्राउ गरिएको महाशाखा एसएसपी चन्द्रकुवेर खापुङले बताए ।
पक्राउ पर्नेमा निरबहादुर घले, मोहन कर्ण कार्की, कृष्ण तामाङ र सुरेश गिरी छन्। उनीहरूबाट चार थान छाला बरामद भएको उनले बताए।