खेलकुद

एपीएफले जित्यो मुख्यमन्त्री कप भलिबलको उपाधि

२० माघ २०८०, शनिबार १४:१८
एपीएफले जित्यो मुख्यमन्त्री कप भलिबलको उपाधि

२० माघ, कञ्चनपुर। मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ।

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा जारी तेस्रो संस्करणको मुख्यमन्त्री राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको हो । शनिबार भएको अन्तिम खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै एपीएफले प्रतियोगिताको उपाधि जित्यो । पहिलो सेट २५–२१ ले जित्दै गण्डकीले खेलमा उत्कृष्ट सुरुवात गरेको थियो ।

तर पहिलो सेटको लयलाई कायम राख्न नसक्दा गण्डकीले हार व्यहोरेको हो । एपीएफ भने लगातार तीन सेटमा जित निकाल्दै फाइनलको उपाधि जित्न सफल भएको हो । एपीएफले दोस्रो सेट २५–१६ ले जितेको थियो भने तेस्रो सेट २६–२४ र चौथो सेटमा २५–२१ ले जित्दै उपाधि उचालेको हो ।

पुलिसले आर्मीलाई ३–१ ले पराजित गरेको हो। तेस्रो भएको पुलिसले एक लाख प्राप्त गरेको छ। सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा सम्पन्न प्रतियोगिता माघ १४ गतेदेखि शुरू भएको थियो। प्रतियोगितामा तीन विभागीयसहित सातवटै प्रदेशका टोली सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्