समाचार

अनुशासन र विधिमा टेकेर पार्टी नेतृत्व छान्नुपर्छ : स्वर्णिम वाग्ले

२० माघ २०८०, शनिबार १४:१४
अनुशासन र विधिमा टेकेर पार्टी नेतृत्व छान्नुपर्छ : स्वर्णिम वाग्ले

२० माघ,दमौली। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले अनुशासन र विधिमा टेकेर पार्टीमा नेतृत्व छान्नुपर्ने धारणा राखेका छन्।

रास्वपा व्यास नगर समितिको आज दमौलीमा आयोजित भेलालाई सम्बोधन गर्दै डा वाग्लेले पार्टीमा अनुशासन र विधिको शासनलाई कडाइका साथ पालना गर्नुपर्ने उल्लेख गरे ।

संघीयताप्रति पार्टीको स्पष्ट धारणा रहेको बताउँदै उनले रास्वपा संघीयताविरोधी पार्टी नरहेको बताए । नेपाललाई भार पार्ने खालको संरचना भने आवश्यक नरहेको उनको भनाइ थियो ।

कांग्रेसलाई कम्युनिष्ट बन्न गाह्रो र कम्युनिष्टलाई कांग्रेस बन्न गाह्रो हुने भन्दै वाग्लेले रास्वपामा भने सबै अट्ने दाबी गरे। उनले भने, ‘सबै नेपाली अटाउन सक्ने पार्टी भनेको रास्वपा हो । नेपाली माटो सुहाउँदो पार्टीको छ ।’

पार्टीमा अनुशासन र विधिको शासनलाई कडाइका साथ पालना गर्नुपर्ने बताउँदै डा. वाग्लेले अनुशासन र विधिमा टेकेर पार्टीमा नेतृत्व छान्नुपर्ने बताए ।

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रहेका वाग्लेले भ्रष्टाचार, विकृति र कुशासन भित्र्याउन खोज्ने तत्वविरुद्ध सचेत हुँदै त्यस्ता तत्वलाई हटाउन निर्मम बनिने उल्लेख गरे। पार्टीमा देशैभर सर्वसाधारण जनताको आकर्षण बढेको बताउँदै आगामी चुनावमा रास्वपाको लहर आउने वाग्लेले दाबी गरे।

उनले भने, ‘तनहुँ र चितवनको उपनिर्वाचनले पार्टीमा जनलहर आएको प्रमाणित भइसकेको छ। आगामी चुनाव २०८४ मा पार्टी सभापति रवि लामिछानेकै नेतृत्वमा हामी चुनावमा जाने हो।’ डा वाग्लेले पार्टीका १९ जना सांसद ४९ वर्षभन्दा कम उमेर समूहका रहेको बताउँदै अगाडि थपे, ‘हामीले अझै २० वर्षका लागि नेतृत्व तयार गरिसकेका छौँ। पाका नेताहरूलाई समेत पार्टीमा उचित जिम्मेवारी दिइन्छ।’

डा वाग्लेले राजनीतिलाई सङ्ल्याउने अभियानलाई अगाडि बढाउँदै सामाजिक न्यायसहितको उद्धार अर्थतन्त्रको नीति लिइएको बताए। कांग्रेसलाई कम्युनिष्ट बन्न गाह्रो र कम्युनिष्टलाई कांग्रेस बन्न गाह्रो हुने भन्दै वाग्लेले रास्वपामा भने सबै अट्ने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्