समाचार

भालुको आक्रमणबाट महिला घाइते

२० माघ २०८०, शनिबार १४:११
भालुको आक्रमणबाट महिला घाइते

२० माघ,डोटी। जंगलमा घाँस काट्दै गरेकी एक महिलालाई डोटीमा शनिबार दिउँसो भालुले आक्रमण गरी घाइते बनाएको छ ।

शनिबार दिउँसो भालुको आक्रमणबाट आदर्श गाउँपालिका-२ कुचेडा बस्ने २४ वर्षीया देउसरा बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी सिताराम विष्टले जनाएका छन् ।

विष्टका अनुसार भालुको आक्रमणबाट बोहराको बायाँ हात, दाहिने खुट्टा र कम्मरमा चोट लागेको छ । घाइते महिलालाई थप उपचारका लागि मौवा स्वास्थ्य चौकीबाट सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्