समाचार

गाउँ–गाउँमा सिंहदरबार पुगेको अनुभूत हुनेगरी सेवा प्रवाह गर्न प्रचण्डको निर्देशन

२० माघ २०८०, शनिबार ११:०४
गाउँ–गाउँमा सिंहदरबार पुगेको अनुभूत हुनेगरी सेवा प्रवाह गर्न प्रचण्डको निर्देशन

२० माघ, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेका छन् ।

शनिवार सिन्धुलीको दुधौली नगरपालिका –५ सिर्थौलीमा निर्मित १५ शैय्याको अस्पताल भवनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले उत्पादन वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने खालका कृषिमा आधारित उद्योगहरु स्थापनामा जोड दिईएको बताए।

 उनले जनतालाई सर्वसुलभ सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्रीले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको जनताले अनुभूत हुनेगरी सेवा प्रवाह गर्नुपर्ने बताए । बजेट बनाउने समयमा रौतामाई गाउँपालिकालाई सम्झने उनले बताए ।

शान्ति प्रक्रिया सबै राजनीतिक दलको सहमतिमै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले सबैको सहयोगमा देशको विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले पछिल्लो समय सिह दरवारमा कृषिमा आधारित उद्योगहरु संचालनको लागि सम्भावनाहरुको खोजी गर्ने र पुराना रुग्ण अवस्थामा रहेका बन्द उद्योगहरुको संचालनको निम्ती सम्बन्धित मन्त्रालय, समिति र विभागहरुलाई केहीदिनको समय दिएर सम्पूर्ण खाका लिएर आउन निर्देशन दिएको बताए ।

प्रधानमन्त्री दाहालले निति कार्यक्रम र बजेट बनाउने प्रकृति र प्रक्रियामा परिवर्तन गरी जनमुखी, उत्पादनमुखी र रोजगारमुखी बनाउने गरी सरकारले अध्यादेश ल्याएर राष्ट्रपतिबाट पनि स्वीकृत भईसकेको बताए ।

‘अब बन्ने बजेट र निति कार्यक्रम निर्माणमा जनता, जनप्रतिनिधिहरु, मन्त्रालयहरुको पनि सामुहिक विवेक प्रयोग गर्ने गरी मैले तयारी गरिरहेको तपाईहरुले जानकारी पाईरहनुभएको छ । यो मेरो दृष्टिमा जनता र राष्ट्रको पक्षमा निति कार्यक्रम र बजेटहरु बनाउन महत्वपूर्ण कदम हो भन्ने लागेको छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्