समाचार

कृषि सामग्री कंम्पनीको प्रबन्ध संचालकमा बिष्णु प्रसाद पोखरेल नियुक्त

१९ माघ २०८०, शुक्रबार ०१:३९
कृषि सामग्री कंम्पनीको प्रबन्ध संचालकमा बिष्णु प्रसाद पोखरेल नियुक्त

१९ माघ, काठमाडौं। कृषि सामग्री कंम्पनीको प्रबन्ध संचालकमा बिष्णु प्रसाद पोखरेल नियुक्त भएका छन् ।

कृषि सामग्री कंम्पनीको प्रबन्ध संचालकको पदमा खुल्ला प्रतिस्पर्धाको माध्यमबाट प्रतिस्पर्धिहरुलाई पछि पार्दै आफूलाई अब्बल साबित गर्दै विगतको अनुभवबाट कम्पनीलाई थप योगदान गर्ने महत्वकांक्षा सहित आज माघ १८ गतेको संचालक समितिको निर्णयानुसार प्रबन्ध संचालकमा बिष्णु प्रसाद पोखरेल नियुक्त भएका छन्।

कृषि सामग्री कंम्पनी लिमिटेडको शाखा अधिकृतको पदमा मिति २०५२ साल जेष्ठ २१ गते सेवा प्रवेश गरि कम्पनीको जिल्लास्थित बिभिन्न शाखा एवम् क्षेत्रीय कार्यालयहरु र कम्पनीको प्रधान कार्यालय स्थित योजना तथा जनशक्ति व्यवस्थापन महाशाखा, खरिद महाशाखा, बितरण व्यवस्था महाशाखा, आर्थिक महाशाखामा महाशाखा प्रमुखको जिम्मेवारीमा रहेर कम्पनीलाई महत्वपुर्ण योगदान गरेका थिए ।

बिष्णु प्रसाद पोखरेलले लामो समय कम्पनीको सूचना अधिकारी र प्रवक्ताको समेत जिम्मेवारीमा रहेर कार्य गर्नु भएको थियोे । मिति २०७९ चैत्र ३ गते देखि का। मु। प्रबन्ध संचालकको जिम्मेवारी पाउनु भएका पोखरेलले आफ्नो का.मुको जिम्मेवारी कुशलता पुर्वक सम्हालेका थिए ।

विगत लामो समय देखि रासायनिक मलमा देखिने आपुर्तिको समस्या र अभावलाई चिर्दै सहज आपुर्ति गर्दै कृषि उपजको उत्पादन वृदिमा महत्वपुर्ण योगदान गरेका थिए। बिगतमा खरिद महाशाखामा प्रमुखको रुपमा रहदा स्टान्डर्ड बिड डकुमेन्ट तयार गरी लागु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्