समाचार

माधव नेपाललाई अघि सारेर प्रधानमन्त्री नै फेर्न चाहन्छ कांग्रेस

१८ माघ २०८०, बिहीबार ११:५०
माधव नेपाललाई अघि सारेर प्रधानमन्त्री नै फेर्न चाहन्छ कांग्रेस

१८ माघ,काठमाडौँ।नेपाली कांग्रेसका नेता शशांक कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने बताएका छन् ।

‘देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन तर मेरो हुटहुटीअनुसारको परिणाम पनि आएन । म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु । देश कति बन्यो भन्ने होइन, कति बन्न सक्थ्यो भनेर आत्मसमीक्षामा छु । यही चिन्ता र आत्मसमीक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु – अब सरकारको कार्यशैली बदलिनेछ ।’

बिहीबार गृहजिल्ला नवलपुरमा पार्टीनिकट प्रेस युनियनको पत्रकार सम्मेलनमा बोल्दै पूर्व महामन्त्रीसमेत रहेका कोइरालाले प्रधानमन्त्रीको विकल्प खोज्नुपर्ने र पूर्व सहमतिअनुसार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् ।

‘प्रधानमन्त्री आफैं सरकारको कामकारबाहीबाट सन्तुष्ट हुनुहुन्न, त्यो भनेको प्रचण्डको सरकार असफल छ भन्ने हो । अब ढिला नगरी पूर्व सहमतिअनुसार माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छ । यी दुवै कुरामा प्रचण्ड असफल हुनु भएको छ ’ कोइरालाले भने । नेता कोइरालाले प्रधानमन्त्री प्रचण्ड जून लक्ष्य र उदेश्यका लागि प्रधानमन्त्री बनेको हो, सो नै नभएपछि विकल्प खोजनुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले मन्त्री फेर्ने चर्चा राष्ट्रियसभा सदस्य निर्वाचनका कारण रोकियो । राष्ट्रियसभा चुनावपछि मन्त्री हेरफेर हुने र सरकारको कार्यशैली बदलिने भनियो । तर राष्ट्रियसभा चुनाव सकिएपछि पनि मन्त्री हेरफेर हुने संकेत देखिएन ।

राष्ट्रियसभा चुनावपछि प्रधानमन्त्री प्रचण्डले माघ १६ गते सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा राखे । बैठकमा कोशी प्रदेशमा गठबन्धनका उम्मेदवारले चुनाव हारेकोदेखि लिएर मन्त्री हेरफेरबारे छलफल भयो । तर नेपाली कांग्रेसले पार्टीको महासमिति बैठकअघि मन्त्री हेरफेर गर्न नसकिने स्पष्ट पारेको छ । कांग्रेसले फागुन ७–१० गतेसम्म महासमिति बैठक गर्दैछ ।

प्रधानमन्त्री प्रचण्डले मन्त्री हेरफेर गर्न खोज्दा रोकेको कांग्रेसले नेताहरूमार्फत प्रधानमन्त्री नै फेर्न खोजेको हो ? आशंका उब्जिएको छ ।

प्रतिक्रिया दिनुहोस्