समाचार

विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ

१८ माघ २०८०, बिहीबार ११:४४
विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ

१८ माघ,काठमाडौँ। व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको लैनचौरबाट पक्राउ गरेको हो ।

बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

एसएसपी आचार्यको कमाण्डमा बाँसबारी छाला जुत्ता उद्योगको जग्गााका बारेमा अनुसन्धान भइरहेको छ। बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी घरानाले हडपेको पाइएको सीआईबीले जनाएको छ। सोही पुष्टि भएपछि चौधरीलाई पक्राउ गरिएको सीआइबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्