समाचार

आजदेखि जनकपुरधाममा साहित्य महोत्सव सुरु

१८ माघ २०८०, बिहीबार ०७:५९
आजदेखि जनकपुरधाममा साहित्य महोत्सव सुरु

१८ माघ,जनकपुर। जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आजदेखि साहित्य, कला तथा नाट्य महोत्सव २०८० सुरु हुँदैछ ।

मैथिली भाषा, साहित्य, कला, संस्कृति, अर्थ र पर्यटन प्रवद्र्धनका विकासका निम्ति महोत्सव सञ्चालन गर्न लागिएको हो ।  आयोजक मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले महोत्सवको सम्पूर्ण तयारी भइसकेको बताए । महोत्सव माघ २२ गतेसम्म चल्ने छ । महोत्सवमा करिब २० वटा विभिन्न विषयमा विमर्श गरिने जनाइएको छ ।

मधेस प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र मैथिली विकास कोषको संयुक्त आयोजनामा सुरु हुन लागेको सांस्कृतिक झाँकी, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, बहुभाषिक नाटक, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी, स्कुलस्तरीय वक्तृत्वकला प्रतियोगिता पनि आयोजना हुने अध्यक्ष चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्