समाचार

माल्टा पठाइदिने बहानामा ठगी गरेको आरोपमा एकजना पक्राउ

१७ माघ २०८०, बुधबार १५:२०
माल्टा पठाइदिने बहानामा ठगी गरेको आरोपमा एकजना पक्राउ

१७ माघ,काठमाडौं। माल्टा पठाइदिन्छु भन्दै ६ लाख १८ हजार रूपैयाँ ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका–१३ घर भई बुढानिलकण्ठ नगरपालिका– १ सुन्दरबस्ती बस्ने ३८ वर्षीय प्रकाश गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले दिपक राज कडेंललाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु, त्यसको लागि ८ लाख रुपैयाँ लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक १ लाख २० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेको प्रहरीले जनाएको छ। निजले पीडितबाट पटक पटक गरी जम्मा ६ लाख १८ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका थिए।

त्यसका लागि पीडितबाट पटकपटक गरी ६ लाख १८ हजार रुपैयाँ लिएर उनी सम्पर्कविहीन भएका थिए । उनलाई प्रहरीले मंगलबार नयाँ बानेश्चरबाट पक्राउ गरेको हो । थप अनुसन्धान तथा कारकाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्