१७ माघ,भोजपुर । भोजपुरमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार बिहान एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा षडानन्द नगरपालिका-८ सेमिङ बस्ने ५६ वर्षीय चुडाँबहादुर कार्की रहेका छन् । कार्कीले ती किशोरीलाई सोही नगरपालिका-८ आहाले कुलोको बन्मारा घारीमा लगेर सोमबार दिउँसो जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।