१३ पुस, वीरगञ्ज। रौतहट जिप दुर्घटना ज्यान गुमाएका ६ जनाको पहिचान खुलेको छ।
रौतहटमा जन्ती बोकेको भारतीय नम्बर प्लेटको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५पीए ६९५३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा गढीमाई नगरपालिका–३ गम्हरिया टोल बस्ने १६ वर्षीय शेष नौसाद, २२ वर्षीय शेष सैनुल्लाह, २५ वर्षीय छोटु भन्ने शेष अफताब, ५५ वर्षीय डाक्टर मोसाफिर अन्सारी, ४० वर्षीय शेष अबुलेस र १७ वर्षीय शेष अजिबुल्लाहको मृत्यु भएको प्रहरीले बताएको छ ।
यस्तै दुर्घटनामा घाइते भएका सोही स्थानका १५ वर्षीय शेष अमानत र १७ वर्षीय शेष करिमुल्लाहको गरुडाको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। यस्तै अर्का घाइते १६ वर्षीय शेष अल्फाजको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेकोछ ।