समाचार

स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

१७ माघ २०८०, बुधबार ०७:४९
स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

१७ माघ,धनगढी। धनगढीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–६ को जालीस्थित वासुदेवी स्कुल नजिक से १ प २८५९ नम्बरको स्कुटर मङ्गलवार साँझ आफै अनियन्त्रित भएर पल्टिदा बर्दियाको बाँसगढी नगरपालिका–४ बठौवागाँउ बस्ने २५ वर्षीय लालु चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुल दीप चन्दले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएको र उनले त्यही मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्