समाचार

नक्कली नोटसहित श्रीमान्-श्रीमती पक्राउ

१७ माघ २०८०, बुधबार ०७:४५
नक्कली नोटसहित श्रीमान्-श्रीमती पक्राउ

१७ माघ,सर्लाही । सर्लाहीमा नक्कली नोटसहित श्रीमान्-श्रीमती पक्राउ परेका छन् ।

मलंगवा नगरपालिका-३ नगरपालिका चोकबाट १ हजार रुपैयाँ दरको २ वटा नक्कली नोटसहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने नसारु खान र उनकै श्रीमती ३२ वर्षीया नसारा खातुन रहेका छन् ।

उनीहरूले नक्कली नोट लिएर अण्डा किन्ने क्रममा वादविवाद भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरीले नोटसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्