समाचार

उपकूलपतिलाई कालोमोसो दल्न खोज्ने ३ जना पक्राउ

१७ माघ २०८०, बुधबार ०७:४०
उपकूलपतिलाई कालोमोसो दल्न खोज्ने ३ जना पक्राउ

१७ माघ, सुनसरी। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकूलपति डा. प्रह्लाद कार्कीलाई कालोमोसो दल्न खोज्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

क्रान्तिकारी युवा संगठन नेपालका भीमबहादुर सार्की, शेरबहादुर कट्वाल (उदयपुर) र खेमबहादुर थापा (ताप्लेजुङ)लाई पक्राउ परेका हुन्। मंगलबार कार्कीलाइ समय मागेर प्रतिष्ठानका विषयमा कुरा गर्न पुगेका तीन जनाको समूहले एक घण्टा छलफल गरेपछि कालो मोसो दल्ने प्रयास गरेका थिए।

कार्कीको कार्यकक्षमा रहेका घोपा अस्थायी प्रहरी पोस्टका इन्चार्ज प्रहरी  निरीक्षक कृष्ण भट्टराई, वरिष्ठ हवल्दार भुपेन्द्र पोखरेल र हवल्दार टिकाराम कट्टेलको प्रहरी टोलीले तत्काल उनीहरूलाई नियन्त्रणमा लिएका हुन्।

प्रतिक्रिया दिनुहोस्