समाचार

हेलम्बुमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

१७ माघ २०८०, बुधबार ०७:३७
हेलम्बुमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

१७ माघ, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको -१ स्थित झिचेन मिलारेपा जाँदै गरेको जिप दोरिङ भीरबाट खस्दा दुई भुटानी पर्यटकको घटनास्थलमै ज्यान गएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी हेलम्बुका अनुसार मिलारेपा गुफा हिँडेको बा २ च ४४५० नम्बरको जिपमा एक नेपाली चालक र अन्य भुटानी नागरिक सवार थिए । मृतक हुनेमा ७१ वर्षीया वान मो र ३३ वर्षका टग्प गेङ रहेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मनोजकुमार श्रेष्ठले बताए । ‘दुई जना भुटानी नागरिक दुर्घटनास्थलमा मृत फेला परेका छन् भने अन्य घाइतेलाई उपचारर्थ उद्धार गरेर तत्कालै प्राथामिक स्वास्थ्य केन्द्र हेलम्बु पठाइएको छ,’ श्रेष्ठले भने ।

ध्यानको लागि चर्चित मिलारेपाको गुफा र गुम्बा जाने कच्ची बाटोमा जिप अनियन्त्रित भएर ५० मिटर तल खसेको थियो । डरलाग्दो आवाज सुनेपछि सुरक्षाकर्मी ,स्थानीय र जनप्रतिनिधि उद्धारमा खटिएका थिए । घाइतेको उपचारमा पहलकदमी लिइरहेका हेलम्बु गापा अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बु प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेका चारमध्ये तीनको गम्भीर अवस्था रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्