समाचार

प्रधानमन्त्री प्रचण्डले शहीदहरूको अवमूल्यन हुने काम गरेको शेखर कोइरालाको आरोप

१६ माघ २०८०, मंगलवार १०:२३
प्रधानमन्त्री प्रचण्डले शहीदहरूको अवमूल्यन हुने काम गरेको शेखर कोइरालाको आरोप

१६ माघ, काठमाडौँ। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाटै सहिदहरूप्रति अवमूल्यन गर्ने काम भएको बताएका छन्।

मंगलबारबाट सुरु भएको सामुदायमा कांग्रेस अभियानको विराटनगरमा सुरुवात गर्दै नेता कोइरालाले शहीदको अवमूल्यन हुने काम प्रधानमन्त्री पुष्पकमल दाहालबाट भएको बताएका हुन् ।

सहिदको वास्तविक परिभाषालाई अगिंकार गरेर अघि बढ्नुपर्ने उनले बताए। ‘सहिदको संख्या थप गर्दा सहिदकै अपमान हुने मैले बुझेको छु,’ कोइरालाले भने।

कोइरालाले कांग्रेसका नेताहरूले समुदायमा पुगेर जनभावना बुझ्ने बताए। उनले समुदायस्तरमा देखिएका कमीकमजोरीलाई आत्मसात गर्दै सच्चिएर कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिए।

कोइरालाले विराटनगरमा शुद्ध खानेपानीलाई प्रभावकारी रूपमा जनतामाझ पुर्‍याउन महानगरले काम गर्दै आएको बताए । जापानको सहयोगी संस्था जाइकाले महानगरभित्र बिछ्याइएको खानेपानीको पुरानो पाइप विस्थापित गर्दै नयाँ पाइप लगाउने कार्य अघि बढेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्