समाचार

मन्त्री किराती भन्छन्- काम गर्न नसक्ने निगमका अधिकारीलाई किन राख्ने?

१६ माघ २०८०, मंगलवार १०:०४
मन्त्री किराती भन्छन्- काम गर्न नसक्ने निगमका अधिकारीलाई किन राख्ने?

१६ माघ, काठमाडौँ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीको काम कारबाहीमाथि प्रश्न उठाएका छन्।

सन २०१२ बाट ग्राउन्डेड ट्वीनअटर जहाज बनाउन निर्देशन दिएको करिव ६ महिना सम्म पनि कार्यन्वयन नभएपछि मन्त्र किरातीले यस्तो प्रश्न गर्नुभएको हो । कानुनी प्रकृया पुराभएको २ महिनामा जहाज बनाइसक्ने निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले मन्त्री किरातीलाई जानकारी गराएपनि हाल सम्म पनि कार्यन्वयन भएको छैन ।

मन्त्री किराँतीको निर्देशनपछि वायुसेवा निगम सञ्चालक समितिको बोर्ड बैठकले ग्राउन्डेड जहाज बनाउने निर्णय गरेको थियो। त्यही अनुसार मन्त्री किराँतीले सञ्चार माध्यममा हाल सञ्चालनमा रहेको २ र नयाँ खरिद गरिने ३ जहाज सँगै ग्राउन्डेड जहाज बनाएर ६ वटा जहाजबाट दुर्गममा सेवा दिने बताउँदै आएका थिए।

तर, ग्राउन्डेड जहाज बनाउन बोर्डबाट निर्णय भएको २ महिना बित्न लाग्दासमेत जहाज नबनेपछि सोमबार मन्त्री किराँती अनुगमनका लागि जहाज मर्मतस्थलमा पुगेका थिए। जहाज मर्मतमा खटिएका टोलीबाट मन्त्री किराँतीले सन्तोषजनक जवाफ नपाएपछि कडारुपमा प्रस्तुत भएका थिए।

प्रतिक्रिया दिनुहोस्