समाचार

माओवादी स्थायी कमिटी बैठक

१३ पुष २०७८, मंगलवार १०:२६
माओवादी स्थायी कमिटी बैठक

१३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ ।

मंगलबार प्रज्ञा भवनमा बसेको माओवादी स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी र पदाधिकारीहरूमा समानुपातिक समावेशी कलस्टर तयार गर्नका लागि पाँच सदस्यीय समिति गठन गरेको हो ।

महाधिवेशनको बन्दसत्रमा मंगलबारदेखि प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल हुँदैछ । बुधबारदेखि समूह नेताले छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् ।

समितिलाई केन्द्रीय समिति लगायतमा समानुपातिक समावेशीको क्लस्टर बनाउने जिम्मेवारी दिएको माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिए । युवा, महिला, मुस्लिम, जनजाती र संविधानमा व्यवस्था गरेअनुसारको समावेशीको क्लस्टर बनाउने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्