समाचार

एकअर्कामाथि मिसाइल आक्रमण भएपछि पाकिस्तान पुगे इरानी विदेशमन्त्री

१५ माघ २०८०, सोमबार ०८:३१
एकअर्कामाथि मिसाइल आक्रमण भएपछि पाकिस्तान पुगे इरानी विदेशमन्त्री

१५ माघ, काठमाडौँ। इरानका विदेशमन्त्री हुसेन आमिर अब्दुल्लाहियान पाकिस्तान पुगेका छन् । उनी पाकिस्तानका विदेशमन्त्री जलील अब्बास जिलानीको निमन्त्रणामा इस्लामावाद पुगेका हुन् ।

भ्रमणका क्रममा विदेशमन्त्री अब्दुल्लाहियानले पाकिस्तानी विदेशमन्त्री जिलानीसँग द्विपक्षीय वार्ता गर्ने र प्रधानमन्त्री अनवारुल हक कक्कडसँग भेटवार्ता गर्ने छन् ।

दुवै देशले एकअर्काको सीमामा प्रवेशगरी मिसाइल हमला गरेपछि उनी पाकिस्तान पुगेका हुन् । यसै महिना इरानले पाकिस्तानको बलुचिस्तान क्षेत्रमा मिसाइल प्रहार गरेको थियो । आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको थियो ।

यसपछि पाकिस्तानले पनि इरानमा मिसाइल प्रहार गरेको थियो । पाकिस्तानले इरानको सिस्तान बलुचिस्तान प्रान्तको पञ्जगुर क्षेत्रमा यस्तै हमला गरेको थियो ।

यसै महिना इरानले पाकिस्तानको बलुचिस्तान क्षेत्रमा मिसाइल प्रहार गरेको थियो । यस आक्रमणमा दुई बालबालिकाको मृत्यु र तीन जना घाइते भएका थिए । इरानले सुन्नी चरमपन्थी समूह जैश अल-अदलका दुईवटा अखडालाई निशाना बनाएको बताएको छ।

यसपछि पाकिस्तानले पनि इरानमा मिसाइल प्रहार गरेको थियो । पाकिस्तानले इरानको सिस्तान बलुचिस्तान प्रान्तको पञ्जगुर क्षेत्रमा यस्तै हमला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्