समाचार

जुवातास खेलिरहेका ५ जना पक्राउ

१४ माघ २०८०, आईतवार ०८:३०
जुवातास खेलिरहेका ५ जना पक्राउ

१४ माघ, काठमाडौं।काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, बेँसीगाउँस्थित खाजाघरमा तास खेलिरहेका १७ जना पक्राउ परेका छन् । शुक्रबार दिउँसो प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौँ महानगरपालिका-६ बौद्ध बस्ने ३९ वर्षीय चतुरमान तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार ६ सय ८० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्