समाचार

जिपको ठक्करबाट बाबुको मृत्यु, छोरी घाइते

१४ माघ २०८०, आईतवार ०८:२६
जिपको ठक्करबाट बाबुको मृत्यु, छोरी घाइते

१४ माघ, काठमाडौं।चितवनमा बाबु छोरी सवार मोटरसाइकललाई जिपले ठक्कर दिँदा बाबुको मृत्यु भएको छ भने छोरी घाइते भएकी छिन् ।

शरणपुरबाट नारायणगढ आउदै गरेको बा.प्र.०३–००१ च ११९७ नं.को बलेरोले बा.प्र.०३–००३प ८६२४ नं.को मोटसाइकललाई शनिबार बेलुका करिब साढे सात बजेको समयमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मोटरसाइकलको पछाडि बसेकी मधुसुदनकै छोरी १५ बर्षीया अपेक्षा खत्री गम्भीर घाइते भएकी छिन् । दुबै खुट्टामा चोट लागेकी अपेक्षाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

ठक्कर दिने सवारी चालक र जिपलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्