समाचार

४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

१४ माघ २०८०, आईतवार ०८:१४
४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

१४ माघ, तनहुँ। तनहुँमा ४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

शुक्लागण्डकी नगरपालिका-१० खोरादी बस्ने २७ वर्षीय प्रकाश विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भिमाद र इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्