समाचार

प्रतिगमनकारीहरू सामाजिक सद्‌भाव खलबल्याउन खोज्दै छन् : माधव नेपाल

१४ माघ २०८०, आईतवार ०८:११
प्रतिगमनकारीहरू सामाजिक सद्‌भाव खलबल्याउन खोज्दै छन् : माधव नेपाल

१४ माघ, काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारले जनपक्षीय काम गर्ने प्रयत्न गरिरहेको बताएका छन्।

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रतिगमनकारीहरू जनताको निराशामा खेलिरहेको बताए। नेपालले भने, “मुलुकको वर्तमान अवस्थामा जनताका निराशा र आक्रोशलाई उपयोग गर्दै प्रतिगमनकारी र पश्चगमनकारी विद्यमान व्यवस्था परिवर्तनको नाममा विभिन्न गतिविधि गरेर राजनीतिक अस्थिरता पैदा गराउने र सामाजिक सद्‌भाव खलबल्याउने अवस्था भइरहेको छ,” नेपालले भने।

उनले भने- गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेको छ । यो सरकारले जनपक्षीय काम गर्ने प्रयत्न गरिरहेको छ । भ्रष्टाचार नियन्त्रण र सुशासन सम्बन्धी काम अझै गर्नुपर्ने आवश्यकता छ। मुलुकको वर्तमान अवस्थामा जनताको निराशा र आक्रोशलाई उपयोग गर्दै प्रतिगमनकारी र पश्चगमनकारी विद्यमान व्यवस्था परिवर्तनको नाममा विभिन्न गतिविधि गरेर राजनीतिक अस्थिरता पैदा गराउने र सामाजिक सद्भाव खलबल्याउने अवस्था भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्