अर्थ / वाणिज्य

राष्ट्रिय वाणिज्य बैंकको उत्कृष्ट शाखा बन्यो बानेश्वर शाखा

१२ माघ २०८०, शुक्रबार ०८:३४
राष्ट्रिय वाणिज्य बैंकको उत्कृष्ट शाखा बन्यो बानेश्वर शाखा

१२ माघ, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको ५९ औं बार्षिकोत्सवमा बानेश्वर शाखा २८६ शाखा मध्ये उत्कृष्ट शाखाको रुपमा लगातार ३ वर्ष देखि सम्मान पाउन सफल भएको छ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा विसं २०२२ माघ १० गते स्थापना भएको बैंकले व्यावसायिक कुसलतासहित निजी क्षेत्रका बैंकसँग प्रतिस्पर्धा गरिरहेको छ ।

बानेश्वर शाखाले आयोजना गरेको यस सम्मान कार्यक्रममा बैंकको बागमति प्रदेश प्रमुख ध्रुव प्रसाद अर्याल, बैंकको साना कर्जा विभाग प्रमुख सोनी श्रेष्ठ, बैंकिंग उपभोक्ता प्रमुख राज्यलक्ष्मी खड्की, कृषि तथा सामाजिक बैंकिग प्रमुख ॠषभ भट्टराई, बानेश्वर शाखा प्रमुख ईश्वरी न्यौपाने लगायतका शाखाका सम्पूर्ण कर्मचारीको उपस्थिति रहेको थियो ।

यस शाखाका ग्राहक तथा प्रमुख विशिष्ट ब्यक्तिहरुमा राष्ट्यि विमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुबास कोईराला, स्वरोजगार लघुवित्त वित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज कृष्ण उप्रेती, बानेश्वर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका प्रमुख विद्रोहि दाहाल, नेपाल खानेपानी सँस्थान लिमिटेडका लेखा प्रमुख रामप्रसाद श्रेष्ठ, न्यादी हाईड्रो पावरका प्रमुख भोगेन्द्र गरागाई, चर्चित गायक रामचन्द्र काफ्ले, गायीका जुनु रिजाल( काफ्ले) लगायत विशिष्ट ब्यक्तिहरुको उपस्थितिका विच सम्मान कार्यक्रम सम्पन्न भयो यस कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतले सारगभित बक्तब्य ब्यक्त गरेका थिए।

निजि बैंक भन्दा हरेक क्षेत्रले राष्ट्रिय बाणिज्य बैंक नै राम्रो रहेको निरन्तर गरीने कारोबारले हामीलाई सजिलो बनाएको बताउनु भयो। निरन्तर ३ बर्षसम्म उत्कृष्ट शाखाको रुपमा रहेको बानेश्वर शाखाका प्रमुख ईश्वरी न्यौपाने लगायतका कर्मचारीहरुलाई धन्यवाद दिए ।

आज माघ ११ गते यस शाखाले बानेश्वरमा बृहत कार्यक्रममा गायीका जुनु रिजाल(काफ्ले) लगायत ग्राहकलाई सम्मान गर्यो। यस कार्यक्रममा बैंकका कार्यकारी प्रमुख अधिकृतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्