प्रवास

पहिलो पटक नाइट्रोजन ग्यास प्रयोग गरी दोषीलाई मृत्युदण्ड दिइने

१२ माघ २०८०, शुक्रबार ०५:३४
पहिलो पटक नाइट्रोजन ग्यास प्रयोग गरी दोषीलाई मृत्युदण्ड दिइने

१२ माघ, काठमाडौं। अमेरिकाको अलाबामा राज्यले हत्यामा दोषी ठहर भएका ५८ वर्षिय कनिथ युजिन स्मिथलाई नाइट्रोजन ग्यासको प्रयोग गरेर मृत्युदण्ड दिएको छ ।

त्यहाँको अलाबामामा हत्या अभियोगमा दोषी ठहर भएका केनेथ युजीन स्मिथलाई यस्तो सजाय दिइएको हो । मृत्युदण्डका लागि यो विधि अपनाएको अमेरिकामा यो नै पहिलो पटक हो ।

मृत्युदण्ड दिँदा नाइट्रोजन ग्यासको प्रयोग अमेरिकामा पहिलोपटक भएको बीबीसीले उल्लेख गरेको छ । मृत्युदण्ड सूचना केन्द्रका अनुसार स्मिथ विश्वमा शुद्ध नाइट्रोजन ग्यास प्रयोग गरी मृत्युदण्ड पाउने पहिलो व्यक्ति हुन्।

उनलाई अलाबामामा यही जनवरी २५ मा नाइट्रोजन हाइपोक्सियाले मृत्युदण्ड दिइने भएको छ । दोषीलाई नाइट्रोजन सिलिन्डरसँग जोडिएको मास्क लगाएर अक्सिजन लिनबाट वञ्चित गरिनेछ ।

यसअघि नोभेम्बर २०२२ मा स्मिथलाई घातक विषादीको सुई दिएर मृत्युदण्ड दिने प्रयास गरिएको थियो । तर उनको नशामा सुइ घुसाउने प्रयास असफल भएपछि सजाय रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्