समाचार

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१२ माघ २०८०, शुक्रबार ०५:२७
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१२ माघ, काठमाडौं। भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ। मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ४ एसएस चोकनजिक टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

गएराति ९ बजेर २० मिनेटमा बा ३ क १७४५ नम्बरको टिप्परले ठक्कर दिँदा प्रदेश २–०३५ प ८०८३ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकको बलेफी–५ बस्ने ४३ वर्षीय उद्धव प्रसाद नेपालको मृत्यु भएको हो ।

टिप्परको ठक्करबाट गम्भीर घाइते भएका नेपालको मध्यपुर अस्पतालमा उपचारको क्रममा राति ९:५३ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्